Wednesday, February 15, 2023

प्यारीलाइ सम्झेर एक चिठी- आखा अगाडी कि अप्सरा देखेर मनकी अप्पसरालाई पत्र

                                                                                                                                  २०७९।१0।२०

मनकी अप्सरा


#Rara-  The Biggest Lake Of Nepal      -  स्वर्गकी अप्सरा

प्रिय ❤️ 💓,

तिमि पत्थर को शिला हौ, मन्दिर मा चम्किने गजुर हैनौ, मन्दिर लाइ ठाडो बनाउने पिल्सिएको गर्भगृहमा रहेको कडा शिला हौ, तिमि अाग्राा को स्परुप हैनौ, सोभा हौ त्यो पुरै पथ्थर हौ, घर को चम्किलो छत हैनौ सिङ्गो घरलाइ चम्काउने दिब्य जोति हौ, घरलाई अडाउने बलियो जग हौ, त्यो जग कमजोर भयो भने चम्किलो छत को के कुरा त्यो सिंगो घर नै तहसनहस हुन्छ।

Tuesday, February 14, 2023

नेपाली(पुर्वीय दर्शन) संस्कृतिमा जरा गाड्दै पश्चिमा संस्कृती

 


नेपाली(पुर्वीय दर्शन) संस्कृतिमा जरा गाड्दै पश्चिमा संस्कृती:



प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । प्रसंङ‘भ्यालेन्टाइन डे’ को अवसरमा उब्जेको आलेख । के हो ‘भ्यालेन्टाइन डे’ कसरी मनाईदै आएका छौ ‘भ्यालेन्टाइन डे’  तलको लेख पूर्णरुपमा अध्ययन गरिदिनु हुन ।

 नेपाली समाज एक विविध सांस्कृती तथा पहिचान बोकेको समाज हो । यहाँ विविध जातजाती र भाषाभाषि छन् । ति विविध जातजातीका आ आफ्नै धर्म संस्कृती छन्,  रितिरिवाज छन्, चाड पर्व छन् । नेपालको ऐतिहासिक संविधान मा नै  नेपाल एक बहुजातीय, बहुभाषिक बहुधार्मिक, बहु सास्कृति, विशेषतायुक्त राष्ट्र हो, त्यतिमात्रमा सिमितता नराखि नेपाल एक धर्मनिरपेक्ष राष्ट्र भनि परिभाषित गरेको  छ । नेपाल एक हिमवत्खण्ड वा पूर्विय दर्शनको मूल केन्द्र बिन्दु हो । यो शिव, वेदव्यास, वाल्मीकी, कालिदास, तुल्सीदास, कपिल, महर्षि, शुकदेव, अष्टावक्र, जनक, सिता, राम, कृष्ण, राजा हरिश्चन्द्र, गुरु वशिष्ट, पाण्डव तथा गुरु दोणचार्या, राजगुरु कृपाचार्या, देवताका गुरु वृहस्पती, पशुराम, महर्षि गर्ग, संस्कृत ब्याकरणक प्रणेता पाणिनी, यक्यवल्क्य, धन्वन्तरी जस्ता ऐतिहासिक श्रष्ठाको विरासत बोकेको भूमी हो ।

           त्रिलोकपति रावण, कुवेर तथा पाणिनी को तपस्या भूमी हो । संस्कृत ब्याकरणका प्रणेता पाणिनी, कपिल, गोरखनाथ, पृथ्वीनारायण, भानुक्त, मोतिराम भट्ट, झागल गुरुङ, बिसे नगर्ची, योगि नरहरिनाथ जस्ता ज्ञाताले संस्कार र संस्कृति मुखरित गरेको भूमि हो । पश्चिमा समाजले धेरै अगाडी फड्को मारेको शताब्दी बितिसक्दा पनि तेहि समाजले उहि जुनिमा भरखर-भरखर अभ्यास गरेका सांस्कृतिलाई आज हामि महान दर्जा दिदै भ्यालेन्सटाईन्स डे, रोस डे, फ्राईन्डसिप डे भनेर आफुलाई  उन्नत तथा परिष्कृत दुनियाँको मनुवा ठानेका छौ । हामिले बिर्स्यौ महान चाड दशै, तिहार, द्यौसि भैलो, हरितालिका तिज, नयाँ वर्ष, साउने सक्रान्ती, मकर सकरान्ती, पुनि पुर्णिमा, हामिले बिर्स्यौ त्यो कर्णाली संस्कृतीको ठुलि भैलो, सानि भैलो,(आउसी अ बार, दरमुद बार, दरम्या खोली, बास अय् झोली, आर्या न तारे, पिपलु छायाँ.................................) हामिले बिर्स्यौ सरस्वती पुजा कागलो भन्दै खिचडी खाने पर्व, हामिले बिर्स्यौ भुवो पर्व, आ आफ्नो समाजका आ आफ्नै चाड पर्व ,आ आप्नै पहिचान, यो जति विडम्वना के होला र । हामिले वेद ,उपनिषेद, पुराण, महाभारत, रामायण, गिता ज्ञान, श्रीस्वस्तानि ज्ञान जस्ता गाथाहरु अध्ययन गर्न पाएकै छैनौ । अहिले उता पश्चिमा जगतमा पुर्विय दर्शनलाई मार्गदर्शन मानिरहेका छन् । उहि हाम्रा संस्कार र सांस्कृति बोकेका गिता, वेद, पुराण, महाभारत, रामायणलाई विद्यालय तथा कलेज, क्याम्पसमा अध्यायन-अध्यापन गरिरहेका छन् । अमेरीकी वैज्ञानिकहरुको संगठन नासा (NASA) ले समेत पूर्विय दर्शनको मुल भाषा संस्कृतलाई अन्तरिक्षको अन्वेषणको आधिकारीक भाषा बनाउन पहल गरिरहदा हामि चाँहि पश्चिमा दर्शनले पछाडी छोडेर हिडेको संस्कार र संस्कृतिलाई सिको गर्दै हिडेका छौ मनन् गर्नुहोस त यो जति लज्जास्ष्द कुरो के होला र ? हामिले पणिनी तपोभूमि भुल्यौ, तक्षशिला भुल्यौ, विक्रमशिला भुल्यौ, नालान्द विश्वविद्यालय भुल्यौ अनि अक्सपोर्ड, क्याम्रिजलाई छान्यौ । आज पश्चिमा दुनियाँ तपोभुमी अथवा हिमवत्खण्डको केन्द्र नेपाल खोज्दैछ, नालान्द खोज्दैछ, उहि तक्षशिला खोज्दैछ । हामि स्वविवेकी कहिले बन्ने? हाम्रो पहिचान कहिले बुझ्ने? मानव सभ्यताको ईतिहास कहिले बुझ्ने? मेसोपोटामियाको सभ्यता भन्दा जेठो कर्णाली सिँजा सभ्यता कहिले बुझ्ने? हामि कर्णाली सभ्यताको विरासत, नेपाली भाषाको जननी जुम्ला भनेर गर्व गरिरहदाँ शताब्दी पुरुष सत्त्य मोहन शताब्दी जिएर धर्ति छोडि सक्दा पनि उनिद्धारा लिखित (कर्णाली लोक संस्कृति भाग १-) अध्ययन गर्ने फुर्सद पाएका छैनौ है ? हामि यति सम्म भईसक्यौ कि हाम्रो पहिचान, संस्कार, रितिथिति, प्रथा-परम्परा बिर्सेर अरुको चियो चर्चा, चाकडि र देवत्त्वकरणमा जीवन गुजारी रहेका छौ । हामिलाई कहिले वास्ताविकता जान्न फुर्सद भएको छैन भन्दा अगाडी र ज्ञ भन्दा पछाडी के हुन्छ होला र के थियो भन्ने उत्सुक्ता कहिले जागेन ? अरुको सिको र नक्कल गरेरै वास्ताविकता मा जीउन नसकेरै धर्तिमा विलय भएका छौ ।

‘भ्यालेन्टाइन डे’ को इतिहासलाई फर्केर हेर्दा पादरी सेन्ट भ्यालेन्टाइन को वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाह तिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए रे । तर भ्यालेन्टान भने पादरी सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे ।
उनले सम्राटको उर्दीको विपरित लुकिछिपी जोडीहरूलाई बिहे गराइदिन थाले रे । एक कान, दुई कान हुँदै यो कुरा सम्राटको कानसम्मपुग्यो रे । भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो  रे । जेलरकी छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन्  रे । झुण्ड्याइनु अघि उनले
Love from your Valentine” भनि हस्ता क्षर गरी एउटा नोट ती महिलालाई दिए रे । भ्यालेन्टाइनलाई ई. पू. २७० को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइयो  रे । विश्वास गरिन्छ कि उनले ती महिलालाई प्रेमका बारेमा दिएको लिखतबाट भ्यालेन्टाइन्स डे का दिन आफ्नो सन्देश लेखेर दिने चलन चलेको हो । उनलाई मृत्युदण्ड दिएको दिनमा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो  भन्ने चलन रहेको छ ।


            उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेका थिए रे निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो रे । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो भन्ने विश्वास गरिन्छ । त्यसै समयदेखि महान प्रेमी भ्यालेन्टाइन को सम्झनामा प्रत्येक वर्ष फ्रेब्रुअरी १४ का दिन प्रेमीप्रेमिकाले प्रेम दिवसका रुपमा मनाउने यस भ्यालेन्टाइन डे अहिले आएर विश्वव्यापी रूपमा र हाल यस दिवसले नेपाली युवामा समेत जरो गाडिसकेको छ। यहँ युवा को त के कुरा गर्नु र सामाजिक सञ्चाल फेसबुकमा श्रीमान् श्रीमतीको फोटो प्रर्दशन भनौ वा देखाउनै का लागि भए पनि एक थान फोटो उपलोड गरिहाल्नेको होडबाजी चलेको छ । कस्तो अचम्म के भने नि वर्षभरी नै एक जोडिले भनौ यहाँ श्रीमान् श्रीमतिले के माया नै नगरी बसिरहेका हुन्छन् र अनि किन देखाउन पर्यो सामाजिक सञ्जालमा एक लामो स्टाटस लेखेर भ्रम । म स्वंय अछुतो त रहेन नि हजुर यो देखावटी समाजबाट ।  मुर्खताको धुनियाँमा म विद्धान बन्न खोज्नु त महा मुखर्ता हो नि यति भनिरहदा म आफुलाई विद्धान भनेर भन्न खोजेको त होईन् तर मलाई  अलि कति भए पनि महशुस त हुन्छ नि हजुर । यो हाम्रो विरासत होईन, हाम्रो पहिचान होईन, हाम्रो संस्कृति होईन्। यहि नाथे डे को लागि के के रोस- गुलाप, गिष्ट भनि लाखौ को धनराशि बाहिर जान्छ अनि देश र जनता सानो सानो बस्तुमा पनि परनिर्भरता । सुन्नुहोला आज साझ ७:३० बजेको CIN खबर नेपाल मा भेलेन्सटाईन्स डे को लागि .......... रकम बराबरको गुलाफ भित्रियो । धन्य मेरो देश, धन्य मेरा  नेपाली ।  

      (गजेन्द्र भण्डारी-अजातशत्रु

रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटु मुगु ।

Thursday, February 10, 2022

कहालिलाग्दो (उटपट्याङ) गाउँ-देशकको राजनीति,युवा बेरोजगार मा थप भुमिका।



अहिले राजनीतिको अर्थ राज्य दोहन भनेर‌ भन्दा फरक नहोला। मानव जीवनको सुरुवात भएका दिन देखि अथवा विकसित मानव सभ्यताको इतिहास संगै राजा र प्रजाको ब्यवस्था संगै राष्ट्र वा राज्यको स्थापना भइ राजकाज संगै राजनीति सुरुवात भएको इतिहास छ। विभिन्न सभ्यतालाई ( मिश्रको सभ्यता, मेसोपोटामिया सभ्यता, युनानी, सिन्धु घाँटीको सभ्यता, रोमको सभ्यता, बेबोलियन, सुमेरियन) मनन गर्दा हरेक सभ्यतानुसार राजा र प्रजाको सम्बन्ध पिता र पुत्रको झै भएको इतिहास छ। मानवीय सभ्यताको विकाससँगै स्वतन्त्र र सार्वभौम देशका अा अाफ्नै अधिकार सम्पन्न राष्ट्रहरूको विकासमा होडबाजि चल्यो, राजतन्त्रात्मक शासन ब्यवस्था, बिस्तारबाद र तानाशाही प्रवृत्ति जनतालाई अपाच्य भयो, नागरिक का मौलिक अधिकार तथा मानव अधिकारमाथि कुठाराघात भयो, त्यसैले त अमेरिकी स्वतन्त्रता संग्राम, रुसको राज्य क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम जस्ता एेतिहासिक राज्य क्रान्ति भयो, फलस्वरूप राजनीतिको नविन संस्कार प्रादुर्भाव भयो।

वर्तमान परिपेक्ष्यमा राजनीति एक यस्तो क्षेत्र बन्यो, जहाँ हर कुनै क्षेत्र बाट असफल ब्यक्ति को अाकर्षण केन्द्र, ५ वर्षे करारमा जागिर खाने ठाउ अथवा वैकल्पिक रोजगार, नेतृत्व को चाकडि मै जीवन गुजारा चलाउने गजबको ब्यवसाय, जनतालाई भ्रमित बनाइ शासन गर्ने ठाउँ। खासगरी तेस्रो विश्वका मुलुक हाम्रो जस्तो नेपाल मा यस्ता अर्ध शिक्षित को जमातले कब्जा नै गरिसक्यो। राजनीति मा सबै असफल/अर्ध शिक्षित मान्छे मात्रै होइन, सफल, विज्ञ पनि छन्, सन्दर्भ: कर्णाली प्रदेशको मुख्यमन्त्री जीवन बहादुर शाहि, एेतिहासिक विरासत बोकेको बुढानिलकण्ठ स्कुल हुदै अमेरिका मा पाइलटको अध्ययन पश्चात लामो अनुभव पछि समृद्ध कर्णाली बनाउने ध्येयले मुख्यमन्त्री बने लगत्तै शाहि ले मुर्ति चोर गैर सांसदलाई मन्त्री बनाउँदा निकै अालोचित बनेका छन्। राज्यले बिर्सेको साबिकको कर्णालीलाइ पद, शक्ति र दम्भलाइ बिर्सेर लोप-लालच, दिन-रात ,घर परिवार नभनि अहोरात्र खटिइ राष्ट्र सामु कर्णाली क्षेत्रको छुट्टै पहिचान बनाउन सफल, कर्मठ बुद्धिजीवी लोकप्रिय युवा नेता तथा पुर्व. अान्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी जस्ता अन्य कर्णाली सुपुत्र हरुलाई लत्याएर एक मुर्ति चोर लाई मन्त्री बनाउने र बनाउन सिफारिस गर्ने संगठन र त्यस भित्रका नेतृत्व को चरित्र झन कस्तो होला, यो भन्दा लज्जास्पद कुरा के हुन सक्छ। उहिल्यै हराएको राजतन्त्र को एजेण्डा लिइ सुधारिएको राजतन्त्रतात्मक प्रजातान्त्रिक शासन ब्यवस्था को नाममा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट जनतालाई भ्रम पार्दै राज गरेका कमल थापा, पार्टी अध्यक्ष हारे लगत्तै पार्टी नै परित्याग गरि हिडे, एक पटक पराजयको सामना गर्दा संगठन नै छोडेर हिँड्ने ति नेताले बारबार हारेका जनताको पिडा किन? बुझेनन्। कति सम्म इमान र प्रतिष्ठा भएका नेत्तृत्वको पछाडि रहेछौ यो सोचनिय विषय भएन र?
    
राजनीति को परिभाषा नै बदलियो, असल राजनीतिक संस्कार हराउँदै गयो, राजनिति सामाजिकिकरण को अभाव खड्कियो, पद- प्रतिष्ठा ,‌रानीतिक दम्भले अाफु‌‌ को हु? भन्ने पनि बिर्सन थाले।
केहि समय अगाडी मेरै क्षेत्र को एक जना महिला राजनीतिक कर्मिले समाजिक सञ्जालमा स्टाटस लेख्दै भनिन्, " मलाई लाग्छ राजनीति गर्नुको उद्देश्य पावर सो र पैसा कमाउनको लागि हो।" त्यो स्टाटस अहिले पनि हेर्न सक्नुहुन्छ, जुन महिला नेत्री अगुवा भनि अाफुलाई परिभाषित गर्छिन।राजनीति बुझेको छु भन्ने‌ले त सर्वसाधारणलाई राजनीतिक को परिभाषा यसरी सिकाउन खोज्दछन् अनि नयाँ पिडिले कसरी बुज्ने र सिक्ने? राजनीति बिचार, सिद्दान्त, निष्ठा, अास्था र विधिको राजनीति कहिले देखिएन र देखिने पनि सम्भावना छ जस्तो लाग्दैन।
राज्य (सरकार, भुगोल, जनसंख्या, सम्प्रभुता र अन्तर्राष्ट्रिय सम्बन्ध) सन्चालन को जिम्मा सरकारको हो। संकुचित अर्थमा राज्य र सरकार एउटै भनेर बुझ्नेको जमात त धेरै छ तर राज्य अमुर्त रहन्छ, सरकार त्यसलाई मुर्तता प्रधान गर्ने संस्था हो। यो अकाट्य हो कि सरकार सञ्चालन गर्न वित्तीय अावश्यक पर्दछ त्यो वित्तीय व्यवस्था प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जनताबाट तिरो/कर को रुपमा असुल गरी राज्य सन्चालन गरिन्छ। अहिले को सन्दर्भमा हरेक तहमा पिर्के महाराजलाई डकार अाउन्जेल खाना पुग्न गाह्रो भयो, विदेशि चलखेल नबुझि अाफ्नै देशको संविधान भन्दा माथिको शर्त लागु हुने वैदेशिक सहायता प्रति मोहित/लालायित हुन्छन्, अनि नेपाली जनताले तिनलाई विदेशि दलाल र देश बेचुवा को संज्ञा नदिइ के दिन्छन्। जुन देश चलाउन बाहिर मुलुक बाट रकम अाउछ, त्यहाँका नेतृत्व ले त्यो मुलुकको गुलामी नभइ अाफ्नाे देशकाे नागरिक प्रति जवाफदेही हुने कुरा सम्पर्क विहिन दुरको रिस्ता जस्तै हो ।

भर्खरै नेपाल सरकारको मन्त्रिपरिषद्ले २०७९ वैशाक ३० गते स्थानीय तहको चुनाव घोषणा गरे लगत्तै गाउँ गाउँमा राजनीति रङ्ग भरिदै छ रे, शिक्षित बेरोजगार हरुलाई अास-पासन देखाउदै छन रे, सोजा साझा जनतालाई सपना देखाउदै छन रे, अाफन्त-नातागोता-छरछिमेकमा भाइचारा ले बसेको भगिरथ मेरो दाइ, दिदि, अामा बुबा, काका काकी, सबैलाई भटकाउदै उहाँहरुको सम्बन्ध मा दरार उत्पन्न गर्दैछन् रे, प्रलोभनमा पारि अार्थिक समस्या मा परेको एक पार्टी को कार्यकर्तालाई अर्को पार्टी मा प्रवेश गराउदै छन् रे, सत्ता मा रहेको बखत उर्वर भूमिलाई बाँझो राखि नेताहरु को चाकरि मै दिन गुजारा गरेका ति मिर जाफरहरु पुन: चाप्लुसी कला सिक्दै छन् अरे, खसि देखाउदै फर्सी खुवाएर सत्ता मा पुगेका महाराजहरु‌ पुनः हाइब्रिड फर्सी को जोहोमा छन रे,
लोकल खाने पारि घरको दाइलाई रम खुवाउदै छन् अरे कठै‌ मेरो समाज अनि समाजका अगुवाहरु कहिले सम्म जालझेल र तिकडम को राजनीति। 
जाग, उठ समाजले शिक्षित बेरोजगार को संज्ञा दिएका तर बास्तवमै शिक्षित युवाहरु समाज अनि देशको परिवर्तन गर्नु छ, राष्ट्रको मुहार फेर्नु छ, वास्तवमै दिगो शान्ति सुशासन विकास र समृद्धिको यात्रा मा जानु छ। अाफुलाई कहिल्यै कमजोर नठान, "जंगलको राजा सिंह नै किन?  सुन्नुहोस  त:  नाथे सिंह न त 
खरायो र स्याल भन्दा चलाख हुन्छ, न जिराफ भन्दा अग्लो छ, न हात्ती भन्दा वजनदार छ, न चितुवा भन्दा रेसवाला छ,
 न त अन्य मृग जस्तो सुनौलो/रुपलौ छ ! किन कि उ अाफुलाई राजा नै सम्झन्छ त्यसैले त सिंह जंगलको राजा हो।" हो Attitude सिंह जस्तो बनाउ, इमान को बाटो मा हिड्न सुर गर , असल समाजको नेतृत्व गर। 

विडम्वना! वास्तविकता यो छकि जब देशमा निर्वाचन घोषणा हुन्छ, अाठ पास /बढी मा SLC पास गरेका हरिलठ्ठुहरु उम्मेदवार घोषित भइ सडमा उफ्रिने तयारी मा हुन्छन् उता ब्याचलर डिग्री गरेका युवाहरु म्यादि प्रहरीको फर्म भर्ने मनसायमा देखिन्छन् । अब को निर्वाचनमा त्यो नदेखियोस् ,जाग्नुहोस् शिक्षित युवाहरु अबको नेतृत्व समाल्नुहोस्, समाज र राष्ट्रको मुहार फेर्नुहोस्, देशलाई कायापलट बनाउनुहोस्।

मेरो समाज मा पनि यस्तै शिक्षित तर अवसर र उचित वातावरण नपाएका सशक्त युवाहरु छन्, जो अवसर, लगानि र असल नेतृत्वको खोजिमा भौतारि रहेका छन्, जसलाई समाजले नानाथरी नामको संज्ञा ले चिन्दछन्।
भ्यालि डन, झिंगा डन, सुपारी डन, भल्लाल डन, कुण्डली डन,रेमन डन, डेविट (ब्याटल) डन, लाहुरे डन, थरि थरिका डन अादि छन्। यि सबै तपाईहरू ले सोचे जति नराम्रा भने विल्कुलै होइन, अा- अाफ्नै नाम: रहर र मजाकले राखेका र राखिदिएको पो हो, यिनिहरु सबै समाज र राष्ट्रको समृद्धिका वाहक हुन, परन्तु यि हस्तिले मनस्थिति बिगारिरहेका छन् अनि समय र परिस्थितिलाई दोषारोपण गरेरै ब्रेन ड्यामेज गरिरहेका छन्। अनि यहिँ गाउँमै गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डा. यादव भन्दा पहिले नै राष्ट्रपति छन्, मान्नीय पनि छन्, (सभासद) पनि छन्, मुखिया र सचिव पनि छन् परन्तु यि सबै नाम मात्रका माथिका डनहरु झै हुन्, कार्यभार सम्हाल्न पाएका छैनन्। मौका पाए अहिले का शासक भन्दा पक्कै राम्रो काम गर्थे कि? यिनिहरुलाई अवसरको खाँचो छ। समय बाँकि छ समाजमा असल नेतृत्व जन्मेमा यो जमात ले अवश्य नै समृद्धि ल्याउनेछन्।

गजेन्द्र भण्डारी 
खरिदार नेपाल सरकार 
रारा राष्ट्र्रिय निकुञ्ज कार्यालय हुटु, मुगु ।

Monday, June 29, 2020

दुश्मन - मनु मञ्जिलको - मलाई मन परेको कबिता


मेरो एउटा दुश्मन छ
जो मलाई फोहोर जत्तिकै घृणा गर्छ
तर म उसलाई
फूल जत्तिकै मन पराउँछु ।

ऊ मेरो अनुहारमा
घाम नउदाउनू भन्छ
मेरो बगैँचामा वसन्त नआउनू भन्छ
मेरो घरको झ्यालढोकाबाट
हावा नपस्नू भन्छ
मेरो आँगनमा फूलले नमग्मगाउनू भन्छ ।

मेरा बालबचेराले
उसले सुन्ने गरी नकराउनू भन्छ
उसलाई दुख्ने गरी नरमाउनू भन्छ
ऊ आफ्नो घरको बार्दलीमा बस्छ
र परबाट बाटो हिँड्ने जो कोहीलाई
मनमनै मेरो घर नपस्नू भन्छ
कोसेली वा उपहार बोकेका
कोही नपसून् भन्छ
मन्दिरबाट आशीर्वाद लिएर फर्केका
बुढाबुढीलाई
मेरो घर अगाडिको
चौतारामा नबसून् भन्छ ।

उसलाई मेरो घरमाथि
चरा बसेको मन पर्दैन
जून मेरो छानामाथि बसेको
मेरो खेतबारीमा भाग्य लहलह झुलेको
आँपका रूखमा आशाका फूलहरु फुलेको
कुलाको पानी मेरो गैह्रीखेतमा डुलेको
उसलाई केही मन पर्दैन ।
यो बर्षात
किन मेरो घरको छानो भत्काउँदैन ?
पल्लो गाउँको खोलो
किन मेरो घरको बाटो आउँदैन ?
आगो किन यसरी
अँगेनामा चुपचाप छ ?
किन झिल्को जूनकीरी जस्तो
माथिमाथि उड्दैन ?
किन केही जलाउँदैन ?

ऊ मेरो सपनामा मरुभूमि पसोस् भन्छ
मेरो घरमा आँधी आएर बसोस् भन्छ
राति चोर आएर भकारीमा घुसोस्,
मेरो ओठबाट मुस्कान उडेर
बालुवामा गई खसोस् भन्छ
तर म उसलाई
फूल जत्तिकै मन पराउँछु ।

यत्रो दुनियाँमा ऊ बाहेक अरू
मेरो साथी सगोत्री, आफ्नो अर्को
ठूलो सानो, परिचित अपरिचित
एउटै कतै कोही छैन
जसले आफ्नै रहर र सपना भुलेर
फूल, जून र चराहरू भुलेर
घर, धरती र आकाश भुलेर
मबारे यति बिघ्न सोचोस्
मलाई यति बिघ्न सम्झोस्
दुश्मन नहुनु भनेको त
आफूतिर हरदम फर्किरहने
जीवनको एउटा रमाइलो
पाटै नहुनु रहेछ
म उसलाई फूल जत्तिकै मन पराउँछु ।

#copied:- कवि मनु मञ्जिल

Friday, June 19, 2020

साढे एक वर्षको जागिरे अनुभव: संघियता कार्यान्वयन लगत्तै नगरपालिका देखि जिल्ला हुलाक सम्म।

 सहकारिता, समन्वय र‌ सह-अस्तित्वको सिद्धान्तमा आधारित रहि समाजवादलाई अंगिकार गर्दै समानता र समतामूलक समाज/राष्ट्रको निर्माण गर्ने, समृद्ध, समुन्नत देश बनाउने राज्यको दायित्व हो। यो निर्वाह गर्न देशलाई  संघीय शासन प्रणाली को अावश्यकता हो र व्यवस्था नि भयो।

देश संघियता मा गए लगत्तै संघ, प्रदेश र स्थानीय तहको व्यवस्था भयो। देशमा त्रयीय शासन संचालन भयो भनिरहँदा फरक नपर्ला।राज्यको पुनसंरचना एवम् शासन र प्रशासन नयाँ प्रणालि बाट जान थाल्यो। यद्यपि राष्ट्रका शासक र प्रशासक अनि शासन प्रणाली र प्रशासनयन्त्र करिव करिव दुई वर्ष सम्म अभ्यास मै ब्यस्त रहे तै पनि शासित वर्ग अथवा अाम नागरिक विकास को महशुस भन्दा पनि अझै पुर्ण प्रतिफलको अपेक्षा मै रुमलिएको अवस्था थियो/ छ। यस्तै यस्तै देशको परिवेशमा मिति २०७५ मंसिर १९ गते डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा नियुक्ति पाई उत्साह, उमंग,दम्भ,जोस-जागरका साथ सपथग्रहण गरी अाफ्नाे अपनत्व बोध गरियो।
     "राष्ट्र को गौरव" निजामती कर्मचारीको हैसियतले त्यहाँ बस्दा कमर्चारी नपुग को अवस्था ले  प्रशासन शाखा, शिक्षा शाखा, योजना प्रमुख, स्थानीय पन्जिकाधिकारी जस्ता शाखामा थोरै समय भए नि अठोट का साथ सेवा प्रदायक को भुमिका निर्वाह गरियो।उक्त अवधिभर भरपुर सहयोग का साथ कामकाज गर्ने देखि नियम र कानुनका कुरामा बसाली जनउत्तरदायी भइ नियम संगत बढ्न सिकाउने अग्रज गुरु,सर हरुलाई धेरै धेरै हार्दिक कृतज्ञता प्रकट गर्दै सदैव सम्झिरहेको छु/सम्झिने छु, यद्यपि: सो अवधिभर मेरो लागि अवसर,चुनौती र जटिलताका कामहरु पनि सम्पन्न गरियो, ति मध्ये  केहि कामहरु:-शिक्षा शाखाको जिम्मा मा रहेका २वटा शिक्षक भर्ना र योजना प्रमुखको जिम्मेवारी। लोक सेवा पास गरेको नयाँ नियुक्तिको दम्भका साथ निष्पक्ष रुपमा सम्पन्न गरियो। काम सम्पन्न पछि कोहि कोहि कु-राजनीतिक संस्कार अथवा राजनीतिक सामाजिकीकरण को अभावमा हुर्केका चाकरीवाज, दोहनकारी मनशाय भएका ब्यक्तिहरुको प्रतिक्रिया सुन्दा त्यो विधि र विधानको नियमसंगत निष्पक्ष रुपले गरिएको काम माथि क्षणिक रुपमा त कानुनी राज्यको पालना गरेवापत अात्माग्लानि गरियो, कानुनी शासन को उपहास गरे सहि थियो कि भन्ने लाग्यो। तै पनि एक पल भए नि म बाट न्याय भयो भन्ने अात्मानुभूति चाहि भयो।
यद्यपि: लोक सेवा पास गरेको उन्मादमा सबै कुराको जानकारी अाफैं भन्ने घमण्डी र काम अड्काउन माहिरवाला राष्ट्र सेवक को अभाव छैन अहिले यहाँ हरेक स्थानीय सिंहदरबारमा।
करिव ८ महिनाको बसाई पछी देशको संघियता कार्यान्वयन सफल, सहज एवं जनउत्तरदायी बनाउन विधि र विधाननुरुप कर्मचारी समायोजन संगै संघ अन्तरगत समायोजन मा परियो। अस्पष्ट, अपुरो, निहित ब्यक्तिहरुको हितमा ल्याइएको भनि अारोप लगाइएको अध्यादेशलाई कानुनि प्रावधान मानि मनपरी रुपमा सफ्टवेयर को निहुँमा होचवातालमा समायोजन काण्ड नि सकियो। तै पनि न त स्थानीय तहमा समायोजन हुने न त प्रदेशमा समायोजन हुने कर्मचारी अाफ्नाे सेवा शर्त बारेमा ढुक्क रहे, न त हर्षित भए, सबै अन्यौल र भ्रम मा रहि‌रहे। यो स्वभाविक थियो र छ पनि वर्षौ देखि राष्ट्र सेवक निजामती कर्मचारी को मुल कानुन भनेर चिनिने संघिय निजामती सेवा एेन राज्य ब्यवस्था तथा सुशासन समिति मा वारि टेबुल पारि टेवुल ठोकिदै कहिले कुन गेट बाट अाउने हो अस्थ ब्यस्त रहेको छ।
समय क्रमसँगै स्थानीय सेवाको छलफल को क्रममै निहित ब्यक्तिहरुको स्वार्थ एवं अाफ्ना नजिकैको हरुको स्थानीय तहमा पठाउन र दरबन्दी मिलान गर्न नचाहनेहरुले राता राता केहि त्यस्ता कार्यालयहरुलाई  सिंहदरबार वरिपरि घुम्न सहज होस भन्ने हेतुले संघिय सेवामा राख्न लगाइयो भन्ने हल्ला पनि नसुनिएको  होइन्। निजामती सेवामा प्रवेश गरेका मान्छे उसको सेवा शर्त सबै निजामती सेवाको थियो, उसलाई स्थानीय तहमा तहगत सेवा र स्थानीय सेवा भनि‌ रुपान्तरण गरियो। कनिष्ठ को अन्तर्गत जेष्ठता ले काम गर्ने अवसर सिर्जना भयो। अर्को हल्ला त्यहि स्थानीय तहको कर्मचारी अनि उसको सरुवा कहिल्यै पनि नहुने रे यो नीतिगत ब्यवस्था हो भनियो। संगै सेवा प्रवेश गरेका एक साथी ३-३पटक संशोधन र पदस्थापन भइसक्यो  तर केही साथि पदस्थापन भने संघ मा छन् त केहि फाजिलमा कोहि चाहिँ उहिल्यै देखि संघमा पदस्थापन हुँदा हुँदै पनि उहि स्थानीय तहमा दिन रात किचलो ब्यहोर्दै बसिरहेका छन्।हल्लाअनुसार तर कोहि कोहि  पेशागत संगठनका रुपमा दर्ता भएका तर राजनैतिक पार्टी का भातृत्व संगठन जसरी क्रियाशील रहेका निजामती सेवाका संघ/ संघठन को अाशीर्वाद प्राप्त वा तिनका चल्तापुर्जा नेताहरुलाई खुसी पार्न सक्ने ले रोजेको अतिरिक्त अाम्दानि हुने वा सुगम स्थानमा सरुवा हुने गरेको हल्ला कर्मचारी वृत्तमा चर्चाको विषय बनिरहन्छ, त केहि यथार्थ पनि हो भन्दछन्।
यद्यपि: पहुँचवाला को सरुवा भने भइनै रह्यो र भइराखेको छ। यो समय सम्म नि  अाम कर्मचारी मा के भय र अंहकारीता छ भने:-
प्रदेश र स्थानीय तहहरुमा कार्यरत साथि हरुमा अाफ्नाे वृति विकास एवं सेवा शर्त को सम्बन्धमा कौतुहल्ता र संघमा कार्यरत मित्रहरुमा पारिश्रमिक र भत्ता को विषयमा निराशा पलाइरहेको छ। स्वयं राष्ट्र सेवक ले बुझ्नु पर्ने हो कि "नेपालको निजामती सेवा विज्ञतामा अाधारित स्थायी वेतनधारी समुह हो, नाकि देशको चिरहरण गर्ने कुनै दलको नाममा रहेको राजनीति एजेन्ट।"
नजिकैको सिंहदरबार भनेर चिरपरिचित प्रमुख जनउत्तरदायी सरकार हो"पाँलिका" जहाँ मेन्डेड प्राप्त प्रतिनिधि सर्वाधिकार सम्पन्न एवम् सर्वज्ञता भएको अभिनय र अाडम्बरीपनले झन ठुलो विध्न बाधा सृजना गरिहेका छन्। विकास र समृद्धि भन्दा सस्तो लोकप्रियता र विलासी जीवनशैलीमा लुप्त छन्। संविधान,एेन, कानुन, विधि र विधान माथि रहि  दबाएर अाफु अनुकुल कार्य गर्न राष्ट्र सेवक/ टेबुल सरकारलाई बाध्य पारेकै छन्। वडाध्यक्ष देखि नगर प्रमुख सम्म सामान्य सिफारिस देखि प्रमाणित गर्ने सम्म रेड पेनको दुरुपयोग गरेकै छन्। रकामान्तर त सामान्य कुरा हो गैह्र बजेटरी खर्चको त कुरै नगरौं। कर्मचारी नियुक्त को प्रवन्ध नै छैन तर "थर-घर" को प्रणाली अपनाए कै छन्। कार्यकर्ता सन्तुष्ट पार्न खेत र गराका भिट्टा भिट्टा मा लाखौ को योजना बाढेकै छन्। कसैले जानेर बिरोध संकेत के देखाएको हुन्छ भित्रा भित्रै खास्स खुस्स योजना को नाममा मोटो रकम बाडेकै हुन्छन् रे। मनन्! गर कतिन्जेल संघ र‌ प्रदेशको अनुदान(सशर्त, समपुरक, विशेष, अन्य) को  भरमा परि हरन्छौ? प्रतिनिधि ज्यु सस्तो लोकप्रियता कि विकास र  समृद्धि ?हरेक वर्षको बजेट विनियोजन देखि खर्चको कार्यान्वयन सम्म खर्चको लामो सुचि बनाइरहँदा अान्तरिक श्रोत परिचालनको पक्ष कहिल्यै सम्झनामा अाउदैन्। यतिका बर्ष सम्म अभ्यास मै छौं भन्दा भन्दै संविधान र स्थानीय सरकार संचालन एेन, २०७४ समेतले अधिकार दिएका कर तथा शुल्क उठाउन पाउने क्षेत्रहरुबाट उठाउने कुरो जिम्मेवार पदाधिकारीको इच्छामा अझसम्म पर्दैनन्। विभिन्न करका सन्दर्भमा स्थानीय सरकारका अधिकांश पदाधिकारीहरुको धारणा नकारात्मक देखिन्छ। किनभने जनतालाई करको मारमा पार्नु हुदैन। प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जनताबाटै उठेको करले सरकार सञ्चालन भइरहेको कुरा किन अबुझ भएका होलान्, शासित वर्ग भ्रमित छन् या स्वयं शासक। स्थानीय सरकार संचालन एेन, २०७४ बमोजिम  उपाध्यक्ष/उप-प्रमुख  राजस्व परामर्श समितिको संयोजक रहने ब्यबस्था छ, त्यो अवगतै होला बृहत रुपमा त्यता ध्यान किन गएन होला। 
     नागरिकका माग, अपेक्षा र अावश्यकता का अाधारमा कहिल्यै विकास हुन सकेको छैन। विकास र समृद्धिको प्यास मेटाउने हतारो ले कनिका छरे झै विकास का नाममा सिमित थर-घर लाइ खुसि पारेका छौं। जनमतको दम्भ होला सायद गन्तव्य, लक्ष्य, उदेश्य, नागरिकका अावश्यकता अनुसार का भावि कार्ययोजना र दुरदृष्टि लाइ कहिल्यै बोध गरेनौं। राजनीति संकिर्णता बढ्दै गयो, दिशा विहिन गन्तव्यलाइ पछाइ रहेको देखियो। हरेक वर्ष स्रोत परिचालन को सन्दर्भमा संघीय र प्रादेशिक सरकारले उपलब्ध गराउने अनुदान रकममा बढी चासो र निर्भरता देखिन थालेको छ। लिडर कम्युनिष्ट को कुरा गर भन्छन् कार्यकर्ता कमाउनिष्ट को अाचरण गर्छन्। लिडर‌ लोकतन्त्र र प्रजातन्त्रको कुरा गर्छन् कार्यकर्ता लुटतन्त्र र घर-भराउ तन्त्रको ब्यवहार गर्छन। नागरिकहरु खुसी हुनुको को परिभाषा धन, दौलत, शक्ति र उम्मात संग जोडेका छन् कालान्तरमा यस्तो उक्ति सिकाउने अाफै पतन हुन्छु भन्ने अात्मानुभूति कहिल्यै गर्दैनन्। 
  
     अर्को तर्फ राष्ट्र सेवक बीच पनि अन्तर बिरोध भएकै‌ छ, को निजामती सेवाका, को स्थानीय सेवाका मतभेद कायमै छ। कहिले संकेत नम्बरलाई विषय बनाइ त कहिले जिम्मेवारीलाइ विषय बनाइ स्थायी/टेबुल सरकार भनेर चिनिने कर्मचारीहरुमा पनि उच र निच को ब्यबहार देखिएकै छ।" अात्मियता साटा-साट गर्न नसकेको परिवारको जबरजस्त घरको बसाई र गराइले हाम्रो संघीयता ब्यवस्थापन मा के कस्तो सहयोग पुर्याउला? कसरि? सफल होला त प्रशासनिक संघीयता, वित्तीय संघीयता, यो बृहत सोचनीय विषय हो।
  
कर्मचारीहरु विभिन्न कालखण्डको सरकारको प्रकृतिनुरुप सरकारको निर्णयलाई नागरिक र सरकारको सम्बन्ध सेतु भइ सरकारको सफला र असफलता मा जोडिदै अाएका छन्। हिजो राणा कालमा पनि थिए, पन्चायत मा नि थिए, बहुदलमा पनि थिए, निरकुंश राजतन्त्रमा नि थिए, प्रजातन्त्रमा नि थिए, सशस्त्र द्वन्दकालमा नि थिए, विर्सन नसकिने विनाशकारी भूकम्प र सोको पुनर्निर्माण मा नि थिए, संघीय लोकतान्त्रिक तथा गणतन्त्र मा पनि छन्। यद्यपि स्थायी सरकारको रुपमा सदैव रहिरहन्छन्/ रहिरहने छन्। परन्तु को कसरी रहेका छन् त्यो स्वयं राष्ट्रसेवक को अात्मानुशासनले  निर्क्यौल गर्ने हो। यहाँ कोहि कोहि (सबै हाेइनन्) लोक सेवा पास गरी देशको चिरहरण गरिरहेका र गर्न पाइन्छ भन्ने प्रवृत्ति बोकेका दोहनकारी मनशाय भएका, मनलोबि, मनपापि मिरजाफर लाइ के थाहा निजामती कर्मचारी "राष्ट्रको गौरवमा" विश्वास गर्दै  समक्ष, सुदृढ, जनउत्तरदायी, योग्यता, निष्पक्षता, स्वच्छता एवं कानुनी शासनलाइ अात्मानुभुति गरी विशुद्ध पारिश्रमिक भन्दा माथि नसोच्ने निरअहंकारी राष्ट्र सेवक को हृदय।
  
कर्मचारी अाफै मा समाज/राष्ट्र का सभ्य नागरिक हुन्। कर्मचारी को ब्यबहार मा पहिला अाचरण अनि मात्र उच्चारण सान्दर्भिक देखिन्छ। परन्तु अहिले बाहिर अादर्श का उखान र भित्री रुपमा अमर्यादित अाचरण देखिएकै छ, बेलाबखत अख्तियारले प्याच प्याच्च टिपेकै छ। 
कर्मचारी= कर्म+ अाचारी
== विशुद्ध कर्म मा अास्था राख्ने कर्मयोगी। हो, कर्मचारी का असल कार्य नागरिक ले सिक्नुपर्ने हो, सोहि अनुरुप सामाजिक ब्यबहार गर्नुपर्ने हो। परन्तु वर्तमान परिवेशमा मा त्यस्ता कर्मचारीको ब्यबहार र सामाजिकीकरण को अभावमा हुर्किरहेका समाजले हेर्ने दृष्टिकोण ले 
"राष्ट्र को सेवक बनि सरकारको असल प्रशासक भइ सरकार र जनताको सम्बन्ध सेतु निर्वाह गर्छु भनि लक्ष्य बोकेका हरेक छोरा छोरी का अाफन्त ले भन्छन्,"लोक सेवा पास गर धन, दौलत जोड्लास्।" विडम्वना! ति अर्ति उपदेशकारी अाफन्तलाइ, के थाहा  छैन होला, र? कर्मयोगी कर्मचारी ले अावश्यकता भन्दा बढी विलासी जीवन जिउनलाई त पुर्खौली वा कानुनी स्रोत, कि त हजारौं अाफन्त को पसिना र रगतले राज्यलाई बुझाएको राजस्व वापत विकासको नाममा फिर्ता भएको रकम कागजी प्रक्रिया मिलाइ हड्पनु पर्छ भनि।
 अब जाउ हुलाक को अवस्था अनुरुप को ब्यवस्था:-
परापूर्व कालदेखि नै एक ठाउँबाट अर्को ठाउँमा खबर अादान प्रदान गर्न चिठ्ठि पत्रको प्रयोग हुन्थ्यो। खासगरी मानव सभ्यताको विकास क्रम संगै राजा महाराजा हरुको दरबारमा समाचार तथा सुचना अादान प्रदान गर्न परेवा, बाज, घोडा जस्ता पशुपंक्षीको प्रयोग भएको किंवदन्ती पाइन्छ। संस्थागत रुपमा हुलाकको स्थापना संगै चिठ्ठि पत्र पुर्याउने कार्य हुलाक बाटै भएको पाइन्छ। विश्वमा सन् १९६० मा तत्कालिन राजा चाल्स द्वितिय ले General post office स्थापना गरेको इतिहास भेटिन्छ।। नेपाल को सन्दर्भमा नेपाल को इतिहास पल्टाउँदा तत्कालीन राणा प्रधानमन्त्री रणोद्विप सिंह को पालामा वि.स.१९३५ मा हुलाक घरको स्थापना भइ हुलाक सेवाको प्रारम्भ भएको भेटिन्छ। ११अक्टुबर १९५६ Universal Postal Union को सदस्य भएपछि नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच भएको हो। हुलाक सेवालाई नेपालमा थप ब्यवस्थित, प्रभावकारी र जनमुखि बनाउन बि.स. २०१९ मा हुलाक सेवा एेन अाएपछि हुलाक सेवा विभागले हुलाक सेवाको समुचित ब्यवस्थापन गर्दै अाएको छ। नेपालमा हाल हुलाक सेवा संचालन तथा ब्यवस्थापन का लागि संचार तथा सुचना प्रविधि मन्त्रालय हुलाक सेवा विभाग अन्तर्गत रहेका केद्रिन्य कार्यालय, गोश्वारा हुलाक कार्यालय, केन्द्रीय धनादेश कार्यालय, फिलाटेलिक तथा हुलाक टिकट, जिल्ला हुलाक कार्यालय रहेर नागरिकहरु माझ सेवा प्रवाह भइरहेको छ।
    हुलाक लाइ हेर्दा वास्तवमै अर्ध प्राविधिक तथा परराष्ट्र मन्त्रालय जस्तै हो भन्ने गरिन्छ ‌र यर्थाथ मा  हो  पनि, जहाँ विभिन्न भाषामा चिठ्ठी पत्रहरु अाउने र जाने काम हुन्छन्, जुन अन्य कार्यालयहरुमा पर्दैनन्। केहि समय अगाडी हुलाक सेवा विभागका एक जना अधिकारले एउटा लेख माध्यम भनेका थिए, "नेपालको हुलाक सेवा कोमाको विरामी:- सवै को नजरमा उपेक्षित सरकारी अड्डा, कर्मचारी माझ जोकको माध्यम हो रे ।अनि भन्ने गर्छन् रे कसै प्रति रिसिवि नराख्नु नत्र हुलाक मा परिएला, हुलाक मा कसैको सरुवा भएमा एे पेले छन् है तेरो त राजनीति वा ट्रेड युनियन मा चिनेको कोहि रहेनछ है? हुलाक मा पो पारेछन्। यस्तै यस्तै,  हुलाकको अधिकृत भन्दा राजस्वको नासुलाइ छोरि दिनु ठिक रे ।निरहि भए मात्र हुलाकमा जाने नत्र मालदार अड्डामा जाने अादि।"
यि सबै भ्रमका विषय हुन म भन्छु उपेक्षित गरे जति होइन। हरेक  कार्यालय मा सेवा दिने विषय फरक फरक होलान् कतै धेरै जिम्मेवारी त कतै सिमित जिम्मेवारी । कार्यालयहरुको जिम्मेवारी र कामका अाधारमा सरकारी कार्यालयहरूलाइ उपेक्षित गर्नु सान्दर्भिक देख्दिन  म। हुनत म स्वयं ले नि "तिम्रो धरबन्दि कहाँ?" भनि सोधे, हुलाक भन्दा अनि प्राय प्रश्न कर्ता ले भन्छन्ं हे हुलाक "तलब पकाउने बाँझो जग्गा, ठन्डाराम अड्डा अादि-अादि।" केहि समय अगाडि कार्यालय मा एक जना प्रत्रिका को बिल भुक्तानी को विषय लिएर कार्यालयमा अाउदा हासोँ मजाक मै हुलाक अधिकृतलाइ भने तफाइ त जहिले नि यस्तै अफिसमा पर्नु हुन्छ क्या हो? अब बुझौ यस्तै अफिसको तात्पर्य के हो? जानेर वा नजानेर गर्ने ले बारम्बार हुलाक प्रतिको उपेक्षा गरेकै छन् यसलार्इ लाइ  पहाड नबनाउ।
 कुनै समय थियो सबै भन्दा ब्यस्त र लोक को मन जित्न सफल ब्यस्त सरकारी कार्यालय जुन दुर दराज सम्म पहुँच भएको, राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्म सम्बन्ध र पहुँच पुगेको अाज कसरी एका एक महत्व खस्किदै छ। यसको धेरै कारणहरु प्राय अबोध कोहि नहोलान्।
  सबै हुलाकी कर्मचारी को मुख मा बारम्बार हुलाकको विषय उठ्ठान हुँदा भन्ने गर्छन् अब हुलाक प्राधिकरण मोडेलमा जादैछ रे। वास्तवमा कुरो उठेकै हो, प्रशासन सुधार अायोग, २०४८ को प्रतिवेदन अनुसार हुलाक लाइ प्राधिकरण मोडेल मा लिने विषय। त्यो प्रतिवेदन रिपोर्ट मात्र रहेछ। कार्यान्वयन कहिले हुने हो हेर्न बाँकी छ । 
बि.स. २०६१ मै हुलाक समुह खारेज गरि प्रशासन मा बिलिन हुनु,  बि.स. २०५५ पछि हुलाकी र हल्करा( श्रेणिविहिन कर्मचारीको अवकाश पछि) पदपुर्ति नहुने ब्यवस्था बन्नु, संचारको सवालमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै अाएको हुलाक समयानुकूल परिमार्जन र परिष्कृत नहुनु,  इलाका तथा अतिरिक्त हुलाक संख्या अावश्यकता अनुसार घटाउन र ब्यवस्थापन गर्न नसक्नु अादि ले, यस प्रतिको महत्व खस्किदै गएक हो भन्न सकिन्छ।
 समग्रमा राष्ट्र सेवकको सेवानुसारको पारिश्रमिक एवं सेवा प्रवेशका बखतका सेवा शर्त र अझै परिष्कृत कानुन अनुसार को सेवा शर्त जोडिनु अावश्यक देखिन्छ। एेन बनिरहँदा  राष्ट्र सेवक मा निराशा ल्याउने हल्ला सुनिएको छ, त्यस्ता पक्षलाइ विल्कुलै सोच विचार गरी समेटिएको भए सान्दर्भिक देखिन्छ। अन्य देशको तुलनामा नेपाल का राष्ट्र सेवक को पारिश्रमिक न्युन नै हो। कहिलेकाहीँ यस्तो समय नि अाइपर्छ, "महिना न मर्दै जीवन मरेको अनुभूति हुने जागिरे जीवन।" कर्ममा अास्था राख्ने कर्मयोगी कर्मचारीहरु लाई सदैव कर्मको उचित मुल्याङ्कन हुन जरूरी छ/देखिन्छ।
  
     गजेन्द्र भण्डारी
खरिदार नेपाल सरकार जिल्ला हुलाक कार्यालय जुम्ला।
धन्यवाद!